0 COMMENTS

भदाै ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।