0 COMMENTS

साउन २७, काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ।

शनिबार साँझ ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गको भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो ‘नेपाली तारा’ बाट सांगीतिक क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’ लगायत गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टी गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।