0 COMMENTS

साउन २७, काठमाडाैँ । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरुले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । हमला बङ्गलादेशको सीमा आसपास रखाइन प्रान्तमा भएको हो । यसलाई अधिकारीहरूले अहिलेसम्मकै डरलाग्दो हमला भनेका छन् । यस घटनामा एक गर्भवती महिला र उनको २ वर्षकी छोरीको पनि मृत्यु भएको बताइएको छ । यो घटनाको आरोप मिलिशिया र म्यानमारको सेनाले एक अर्कालाई लगाइ रहेका छन् । रोहिंग्याहरू बङ्गलादेशभित्र छिर्न भनेर कुरिरहेको समयमा सो हमला भएको बताइएको छ ।

सामाजिक सञ्जालमा यस घटनाको भिडियो पनि पोस्ट भएको छ । भिडियोमा शवहरू तितरबितर देखिन्छन् । नजिकै शुटकेश र झोलाहरू पनि छन् । रोयटर्सको रिपोर्टका अनुसार यो घटना म्यानमारको तटीय सहर माउंगडाको ठिक बाहिर भएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।