0 COMMENTS

साउन २७, चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आपरवाहीका कारण लम्जुङ जिल्ला दोर्दीका ५० बर्षीय भक्तराज गुरुङको निधन भएको छ । उक्त अस्पतालमा यस्ता लापरवाहीका कारण विगतमा कैयौँको मृत्यु भएका छन् ।

अस्पतालको यस्तै लापरवाहीका विरुद्ध र अस्पताल भित्रका अन्य अनेकौँ वेथितिका आवाज उठाएर गत भदाै महिनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला समितिले अस्पताल प्रशासनलाई खवरदारी पनि गरेको थियो । भर्खरै पनि त्यहाँ भित्रका भ्रष्टाचार र आर्थिक अपचलनका अनेकौँ घटनाहरू बाहिर आएका छन् ।

यी यावत समस्याहरूलाई सच्याउन र जनताको नजरमा ढुक्कसँग उपचारको सुनिश्चितता गरियोस् अन्यथा भविश्यमा हुने यस्ता घटनाबाट आउने परिणामको जिम्मेवार स्वयम अस्पताल प्रशासन हुनुपर्नेछ भन्दै मंगलबार प्रेस विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।