0 COMMENTS

साउन २५, काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई लोडसेडिङका बेला प्रदान गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा विवाद भइरहेकाे बेला उक्त उद्योगले बक्यौता रकम बुझाएको हो ।

यसरी जरिवानासहित बक्यौता बुझाउनेमा यशोदा फुड्स प्रालि, जय दुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्स इन्ड्रस्ट्रिज रहेका छन् । नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका अनुसार सोना प्याकेजिङले ३ लाख ५५ हजार ६७ र सोना पोलिमर्स इन्ड्रस्ट्रिजले ३ लाख ४६ हजार ३८९ रुपैयाँ बुझाएको प्राधिकरणको भैरहवा शाखाले जनाएको छ ।

त्यसैगरी यशोदा फुड्स प्रालिले ४ लाख २५ हजार २३१, जय दुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रुपैयाँ बक्यौता बुझाएका हुन् । भैरहवा विद्युत् वितरण केन्द्र अन्तर्गत अझै ६ वटा उद्योगले बक्यौता बुझाउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।