0 COMMENTS

वैशाख १०, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको मेयरमा प्रेमनाथ तिमल्सिना र उपमेयरमा अन्जु चौधरीलाई उम्मेदवारको घोषणा गरिएको छ । साथै चन्द्रपुर नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा दिपेन्द्र कुमार साहलाई घोषणा गरिएको छ ।

रौतहट जिल्लाको जिल्ला इन्चार्ज प्रेमनाथ तिमल्सिनाले घोषणा गरेका थिए र नेकपा (समाजवादी) का स्थायी समिति सदस्य इन्द्रप्रसाद तिमिल्सिनाले बधाई तथा शुभकामना दिएका थिए । साथै अन्जु चौधरीलाई पार्टी केन्द्रीय सदस्यमा घोषणा गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा (समाजवादी) का स्थायी समिति सदस्य इन्द्र तिमिल्सिना, रौतहट जिल्ला इन्चार्ज प्रेमनाथ तिमल्सिना, जिल्ला सचिवालय सदस्य दिपेन्द्र कुमार साह र जिल्ला सदस्य नरबहादुर ठकुरीको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।