0 COMMENTS

वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाको मेयरमा मदनसिंह धामी र उपमेयरमा शान्ति पन्तलाई उम्मेदवार घोषणा गरेको छ ।

वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा दार्चुला जिल्लाको सचिवालय सदस्य तथा मालिकार्जुन गाउँपालिका इन्चार्ज मदन सिह धामी मेयरमा र दार्चुला जिल्लाकी महिला विभाग इन्चार्ज शान्ति पन्तलाई उपमेयरमा उम्मेदवारी घोषणा गरेको जानकारी सुदूर–पश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशीले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।