0 COMMENTS

साउन १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको छ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभावले शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखालले दिउँसो कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।