0 COMMENTS

साउन १९, काठमाडाैँ । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा गएराति साढे नौ बजेतिर गएको पहिराले घरसँगै ६० वर्षकी बसुना सुनार र उहाँकी चार वर्षकी नातिनीलाई पुरेको थियो ।

खोजी गर्ने क्रममा बसुनाको शव भेटिएको र उहाँकी नातिनीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले जानकारी दिए । पहिरो जाँदा बसुनाका छोरा र बुहारी घर बाहिर रहेकाले जोगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।