0 COMMENTS

साउन ३, काठमाडाैँ । धरानका मेयर हर्क साम्पाङका समर्थकले अस्पतालमै पुगेर सञ्जिता धमलालाई कुटपिट गरेका छन् ।

उनीहरूले कुनै बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समर्थक रहेकी सञ्चारकर्मी सञ्जिता धमलालाई अस्पतालमै छिरेर कुटपिट गरेका हुन् ।

सञ्जिताले बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै आफूलाई कुटपिट गरिएको बताएकी छन् । उनलाई कुटपिटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सञ्जिताले धरानका मेयर साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको बताएकी छन् । प्रहरीले पनि साम्पाङ समर्थकले कुटपिट गरेको बताएको छ । केही सातायता मेयर साम्पाङ र सञ्जिताबीच विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।