0 COMMENTS

साउन ३, काठमाडौँ । हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार एक हप्तादेखि मेडिसिटी अस्पतालमा निमोनियाबाट पीडित श्रेष्ठको उपचार भइरहेको थियो।

 उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । 

दार्जिलिङमा जन्मिएकी अम्बिका श्रेष्ठ द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल आएकी थिइन् ।

भाेलि शुक्रबार श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।