0 COMMENTS

असार ३१, काठमाडौँ । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको खेलमा कोलम्बियालाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।

अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए । उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता हो । कोलम्बिया भने पहिलो पटक उपाधि उचाल्न चुकेको छ । २८ खेलमा लगातार अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो ।

कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।

यसैगरी अर्जेन्टिनाले लगातार तीन मुख्य उपाधि समेत जितेको छ । अर्जेन्टिनाले सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको थियो भने सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।