0 COMMENTS

असार ९, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेबीच शनिबार बनेपामा एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिबेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्बर ३ संयोजक क. चन्द्रहरि सुवेदी (अटल) ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको बैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।

अहिलेको नयाँ जनबादी क्रान्ति हुँदै बैज्ञानिक समाजबादमा पुग्ने सबै भन्दा ठुलो शक्ति आफुहरु भएको दाबी गर्नु भयो । त्यसै गरि केन्द्रिय समिति सचिबालय सदस्य तथा जिल्ला इन्चार्ज क. सोमान सिंह तामाङले जिल्लामा केही साथिहरुले पार्टी छोडेर गए पनि संगठनमा खासै असर नपारेको बताउनु भयो ।

एकता अधिबेशनले क.ढोग प्रसाद अधिकारीको नेतृत्वमा ३७ सदस्यीय जिल्ला एकता अधिबेशन आयोजक समिती निर्बाचित गरेको छ । जस्मा सदस्यहरु प्रदिप अस्तानी, .देब कुमार मोक्तान ,प्रतीक लामा , बिस्नु तिमिल्सिना ,सुन्दर रायमाझी , शोभा बिक,बिक्रम खड्का ,कान्छामान थिङ , मेजरमान थिङ, बिरमान थिङ रहेका छन ।

त्यसैगरी युगान्त थिङ,मान ब योन्जन ,टेक ब तामाङ , सुर्यमान तामाङ , भिमराज तामाङ ,इन्द्र तामाङ लालमान तामाङ ,कबिता तामाङ ,दिल ब. तामाङ , गुन्जमान तामाङ , ज्ञान ब तामाङ , केशब ओझा , मिना तामाङ श्याम बिक , चंख बिक ,प्रकाश मिजार , भिम राज तमाङ (पाँचखाल), रबिन चौलागाइ, तेलि माया थिङ, शुक ब थिङ , बिनोद आले र धनजित तामाङ रहेका छन ।

बैठक तथा अधिबेशनले काभ्रे जिल्लाको १३ ओटै स्थानीय तह र जबस मोर्चाहरुको एकता अधिबेशन श्रावण महिना भित्र गरि सक्ने निर्णय पनि गरेको छ । जिल्ला संयोजक क. ढोग प्रसाद अधिकारीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा , प्रदेश सल्लाहकार क. जानुका र जिल्ला सल्लाहकार क किसानको उपस्थिति रहेको थियो । क. प्रतीक तामाङको स्वागत मन्तव्य र क. शोभा सेन्चुरीको संन्चालनमा उक्त अधिवेशन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।