0 COMMENTS

वैशाख ७, काठमाडौँ । नेपालमा आज २५ जना काेराेना संक्रमित निको भएर घर फर्केका छन् । यो कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ३ हजार ८ सय ७७ नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३ सय १८ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप १ लाख ३८ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।