0 COMMENTS

वैशाख ७, काठमाडौँ । मकवानपुर जिल्लामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गम्भीर घाइते भएका जीतबहादुर गोलेको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गए राति वर्षासँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । साथै चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा भने घाइते भएकी छिन् । उनको ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।