0 COMMENTS

वैशाख ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) द्वारा काभ्रे जिल्लाको महाभारत गाउँपालिका अध्यक्षमा श्रीराम घलानलाई उम्मेदवारी दिने घोषणा गरिएको छ ।

बुधबार नेकपा (समाजवादी) का स्थायी समिति सदस्य तथा बागमति प्रदेश इन्चार्जको उपस्थितिमा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज श्रीराम घलानलाई खादा पहिराई महाभारत गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको हो ।

यसैगरी काभ्रे जिल्ला कार्यालयको बैठकले अन्य उम्मेदवारी घोषणा गर्न अधिकारसमेत श्रीराम घलानलाई दिइएको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।