0 COMMENTS

वैशाख ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सिन्धुपाल्चोकको जिल्ला कार्यालयको बैठक सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका नेकपा (समाजवादी) पार्टीको जिल्ला कार्यालयको मंगलबार बसेको बैठकले जिल्ला सह–इन्चार्ज चौतारा साँगाचोक गढी नगरपालिकाको मेयरमा दिपसिंह तामाङ र उप–मेयरमा सुमित्रा तामाङलाई उठाउने निर्णय गरिएको छ । साथै उक्त बैठकले चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा कमला तामाङलाई उठाउने निर्णय गरेको छ ।

उक्त कार्यक्रममा बागमति प्रदेश इन्चार्ज इन्द्रप्रसाद तिमिल्सिनाले राजनीतिक वैचारिक चुनाव सम्बन्धी प्रशिक्षण र केन्द्रीय सदस्य तथा कार्यालाय सचिवले पार्टीको धारणा प्रस्ट्याउने प्रशिक्षण/भनाइहरू राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।