0 COMMENTS

जेठ ३१, काठमाडाैँ । पाल्पाको जीतगढीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन्। बुधबार राति पाल्पाको तिनाउबाट रुपन्देही आउँदै गरेको लु २ च ८५३१ नम्बरको बोलेरो जीप जीतगढी झर्ने ओरालोमा दुर्घटना भएको हो ।

सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल–१० बस्ने जीप चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा–३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

घटनामा बुटवल–९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।