0 COMMENTS

जेठ ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायु का साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । पूर्वी नेपालमा भने मनसुनी प्रणालीको पनि प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै, बागमती, मधेश र कोशी लगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै, बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति भने बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।