0 COMMENTS

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा ३ मा बुबा डिलामणि शाही र आमा धन कुमारी शाहीको कोखबाट २०५२ सालमा कान्छो छोराको रुपमा शंकर शाही जन्मनुभयो । शाही सानै देखि हुने बिरुबाको चिल्लो पात भनेझै समाज रुपान्तरण र परिबर्तनलाई आत्मसाथ गदै स्कुलले जीवन देखि विधार्थी राजनितिक समाहित हुदै आन्दोलनमा होमिनु भयो शाही मध्यमबर्गिय परिबारमा जन्मिएर पनि सघर्षलाई प्रमुख ठान्नुहुन्थ्यो साही चुनौतीको पर्खालमा बीचमा पनि हरियाली ठाँउमा रम्न रमाउन सक्ने आफ्नो सुख भन्दा अरुको दुखमा मलाम लगाउनको लागि मनै देखि लाग्ने व्यक्ति हुनु शकर शाही जो अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा जन्मिएर विभिन्न आरोह अबरोध र चुनौतीसगै रम्दै विगत केही बर्षदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर लागि परेका छन् ।

मानिस जन्मिएपनि समाज परिबर्तन रुपान्तरण कुरा गर्छ जीवनभर राजनितिक गर्छ क्रान्तिका परिबर्तन र समाजबादका कुरा गर्छ राज्यको नेतृत्व गर्छ तर शाहीको सोच आफु बाचेर अरुलाई पनि बचाउनका लागि कठोर सघर्ष गरेर रूपान्तरण र परिवर्तनको पक्षमा हिड्नका लागि आबहान गदै शाही सानै उमेर देखि गाउँमा हुने भ्रष्टाचारको अन्त्य र सुशासन, जातिय बिभेद, बर्ग सर्घषका बिरूद्द निरन्तर लड्दै आफ्नो जिवन राजनीतिकमा समर्पित गरे ।

उमेरले सानो भएपनि शाही देशमा भएका धेरै आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी छन् । शाही २०६९ सालमा नेकपा माओबादीले सशक्त चुनाब बहिष्कारको निति ल्याउदा पनि जनतालाई संसदिय व्यबस्थाले निकास दिदैन भनेर सशक्त बहिष्कारको पक्षमा लाग्दा २ दिन हिरासत बसे र २०७२ सालमा भारत गई प्रबास व्युरोमा काम गरे २०७४ सालमा नेपाल फर्कि २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टीलाई राज्यले प्रतिबन्द्ध लगायो तर पनि उनी निरन्तर राजनितिक यात्रा मा लागि परे २०७६ सालमा राज्यले राजनितिमा लागे बापत पक्राउ गरि ३५ दिन हिरासतमा परे ।

उनी हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बागमती प्रदेश सदस्य छन् । उनले संसदिय व्यबस्थाको सट्टामा बैज्ञानिक समाजबादको लागि निरन्तर संघर्ष गरिरहेका छन् । उच्च शिक्षा सम्म अध्ययन गरेका शाहीले अध्ययनशैली र संगठतात्मक शैलीलाई जनताको घरमा लैजाने हुटहुटी रहेको बताउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।