0 COMMENTS

जेठ २४, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीमा पालिका स्तरको एकता अधिबेशन तथा एकता घोषणा कार्यक्रम तय गरेको छ ।

जिल्ला संगठन समिति अन्तरगत कमान्ड नम्बर एकको बर्दघाट नपाको बेलाहानीस्थित नेपालडाडामा मंगलबार सम्पन्न बैठकले कमान्ड मातहत रहेको बर्दघाट नगरपालिका प्रतापपुर र सुस्ता गाउँपालिकाको एकता अधिबेशन तथा पार्टी एकता घोषणा कार्यक्रम ठोस गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नेकपा (मशाल) बीच यहि जेठ १८ गते जिल्लास्तरमा एकता सम्पन्न भएको थियो ।

जिल्लाको एकता लगतै सातै पालिकास्तरमा एकता घोषणाका कार्यक्रमहरु तिब्रताका साथ गरिने पार्टीले जनाएको छ । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, जिल्ला संयोजक रवि पाण्डेय सहसंयोजकद्वय गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले राजनैतिक विषय प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।

कमान्ड बैठकमा पालिका कमिटीका इन्चार्ज, संयोजक र सह संयोजक कमरेडहरु सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।