0 COMMENTS

वैशाख ५, पोखरा । आज पोखरामा विभिन्न पार्टीबाट विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) मा एकता तथा ध्रुवीकरण गरि पार्टीमा आबद्ध भएको खबर प्राप्त भएको छ । कार्यक्रममा नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, प्रवक्ता मानबहादुर तामाङ, स्थायी समिति सदस्य भीम चापागाईँ, CYB नेपालका केन्द्रीय अध्यक्ष मिलन रानामगरको आतिथ्य रहेको थियो ।

नेकपा माओवादी केन्द्र समाजवादीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय प्रमुख कृष्णप्रसाद जैसी ‘चाहना’, स्थायी समिति सदस्य गोविन्द पराजुली, विप्लव नेकपा निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासीसंघ निवर्तमान महासचिव राजु भुजेललगायत ५० जना भन्दा बढी नेकपा (समाजवादी) मा आबद्ध भएका छन् । जसमा सहिद तथा वेपत्ता परिवारकी जिल्ला सदस्य सुदा सिंखडा, युवा संगठन केसका ज्वाला, मुना राई, मिना सुनार, सरस्वती सिल्वाल, सरिता देवकोटा, सिता बुढामगर, रश्मि बुढामगर, रविना बुढामगर, ज्यू बुढामगर, सुवाश पौडेल, हेमन्त घिमिरे, विमल कँडेल, माया भुजेल, रिता रानामगर, सम्झना, खत्री, रामबहादुर गुरुङलगायत रहेका छन् ।

कार्यक्रममा नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की र प्रवक्ता मानबहादुर तामाङले वर्तमान दलाल राज्य सत्तालाई ध्वंश पारी नयाँ वैज्ञानिक समाववादी राज्यसत्ता ल्याउन नयाँ कार्यदिशामार्फत आत्मनिर्भर राष्ट्रिय अर्थनीति जिन्दावाद, उत्पादनमा राष्ट्रवाद, उपभोक्तामा राष्ट्रियता नारासहित देशलाई समृद्ध गराउन सकिन्छ भन्दै सबै क्रान्तिकारीहरू निस्वार्थ जनताका समस्यालाई बुझ्दै एकता तथा ध्रवीकरण हुन आजको आवश्यकता रहेको बताए । त्यस्तै एकता तथा ध्रुवीकरणमा आउनु भएका कृष्णप्रसाद जैसी र राजु झुजेलले पार्टीले समाजवादी आन्दोलनमा सबै जाति, धर्म, क्षेत्र, हिमाल, पहाड–तराईलाई मिलाएर नेपाल बनाउन सक्छ भनेर नै हामी ध्रुवीकरणमा लागेको बताए ।

पोखराको जिरो कि.मि. नजिक दुरान रेष्टुरेन्ट तथा थकाली खानाघरको हलमा भएको कार्यक्रमलाई नेकपा (समाजवादी) का स्थायी समिति सदस्य भीम चापागाईँले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।