0 COMMENTS

वैशाख ५, काठमाडौँ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ भने डिजेल र हवाई इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ । नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।

यसअघि अप्रिल १६ मा आईओसीले निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।