0 COMMENTS

वैशाख ५, एजेन्सी । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा गरेको शृंखलाबद्ध मिसाइल हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

रुसी मिसाइल हमलामा ५ जनाको मृत्यु भएको खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि शहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको छ । आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको छ ।

हमलापछि अत्तालिएका सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे र घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लत्तपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ वटा मिसाइल हमला गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।