0 COMMENTS

जेठ ९, जनकपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकीकरण भएर बनेकाे नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मधेस प्रदेशमा एकता अधिवेशन तथा प्रशिक्षण र बैठक सम्पन्न गरेकाे छ ।

धनुषाको बिरेन्द्र बजारमा सम्पन्न एकता अधिवेशनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयाेजक कञ्चन, कार्यालय सदस्यहरु सुदर्शन, सागर, निर्मल र सुरेन्द्रले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

पार्टीका मधेस प्रदेश संयोजक रमेशकाे अध्यक्षतामा सम्पन्न एकता अधिवेेशनकाे सञ्चालन मधेस प्रदेशका सहसंयाेजक महेशले गरेका थिए । उक्त कार्यक्रममा अविनास, जीवित, खगेश्वर, झमान सिंह लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमा परिपत्र र प्रतिवेदन वाचन मधेस प्रदेश सह संयोजक नयनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।