0 COMMENTS

जेठ ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त एकता अधिवेशनले १०९ सदस्यीय प्रदेश समितिसमेत निर्माण गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सचिवालय सदस्य तथा सात नम्बर प्रदेश संयाेजक महानको अध्यक्षता रहेको एकता अधिवेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयाेजक सन्त बहादुर नेपाली, अतिथिहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय सदस्य गुणराज लोहनी, लालबहादुर जाग्री, देबिदत्त पाण्देय सल्लाहकार चैतन्य, बिचित्र र राष्ट्रपति रहेका थिए ।

उक्त एकता अधिवेशन कार्यक्रमको सञ्चालन रामबहदुर केसी ‘डायमण्ड’ ले गरेका थिए र साथै कलाकारको सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।