0 COMMENTS
टुक्रा टुक्रा झुण्ड झुण्ड बनाउनु भन्दा
आऊ क्रान्तिकारीहरू समाऊँ साझा झण्डा !
******
दुश्मनले खेदेको हो हामी बाँडिएर !
हाम्रा दु:ख बढेका हुन हामी भाँडिएर !
बन्छ एउटा नयाँ तागत हामीले आँट गरे
एक दिन मर्ने जिन्दगी हो के हुन्छ र मरे ?
**
साना साना समूहमा रमाउनु भन्दा
आऊ राता मान्छेहरू समाऊँ साझा झण्डा !
*****
चामल बस्यो ट्वाँ परेर पीठो बिकेको छ
ढल्छ भन्यो बुढो रुख अझै टिकेको छ
किन यस्तो भयो होला ? आऊ अब खोजौं
अलग अलग हिड्न छोडी साझा बाटो रोजौं‌
*****
बिभाजनमा बेकारमा रमाउनुभन्दा
आऊ युग फेर्नलाई समाऊँ एउटै झण्डा !
******
बदलिदो युगसँगै आफूलाई नि फेरौं
कहाँ पुग्यो सिंगो संसार चारैतिर हेरौं
धार लाऊँ बिचारका हात-हतियार
ढिलो हुन्छ हैन भने बनौं होसियार !
****
साना साना कोटरीमा हराउनुभन्दा
क्रमभङ्ग गरौं अब समाऊँ साझा झण्डा !
****
२०८० वैशाख २१ – सिनामंगल, काठमाडाैँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।