0 COMMENTS

वैशाख २३, काठमाडाैँ । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालक खुमबहादुर रोक्काको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्काको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । रोक्का तटबन्ध निर्माणका लागि नेपालगञ्जबाट तारजाली बोकेर ल्याइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।