0 COMMENTS

वैशाख २३, चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव चितवनको यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् भने छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

मोटरसाइकलमा हिँडेका बन्दकर्ताले जिल्लाको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताए । ‘लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएका छन् । बन्दकर्ताहरु एकै ठाउँमा बसेका छैनन्’, उनले भने, ‘मुग्लिनमा गाडीको लामो लाइन लागेको छ ।’

दिउँसो १० बजेसम्म बन्दकर्ताले कुनै गाडीमा तोडफोड भने नगरेको उनले बताए । उनका अनुसार बन्दकर्ता पनि पक्राउ परेका छैनन् । पोल्ट्री व्यावसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले आज चितवन बन्दको आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।