0 COMMENTS

चैत १४, काठमाडौँ । मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका मिटरब्याजी पीडित किसानहरूले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौँ पुगेर धर्नामा बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन शाही माइतीघर पुगेका थिए । तर पीडितहरुले शाहीलाई धर्न स्थल प्रवेश गर्न दिएनन् ।

शाही केही युट्युबरलाई साथमा लिएर माइतीघर पुगेका थिए । तर आफ्नो पीडालाई राजनीतिकरण गर्ने भन्दै शाहीलाई बाहिस्कार गरिएको पीडितहरुले बताएका छन् । पीडितहरुले सुरुमै विरोध जनाएपनि धर्ना स्थल छिर्न खोजेपछि उनीहरुविरुद्ध नाराबाजी गरिएको थियो । धर्नमा बसेकाहरुले शाहीलाई राजावादी र सामन्तवादी भन्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो दुःखमा शाही साथ दिन भन्दा पनि राजनीतिक फाइदा लिन आएकोले बहिस्कार गरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।