0 COMMENTS

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।

११ दिन हिडेर मिटरब्याज पीडित काठमाडौंमा पुगेर सरकारसँग पीडकलाई कारवाहीको माग राखेर प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म कानुन अभावकै कारण मिटरब्याजी पीडितले न्याय पाउन सकेका थिएनन् ।

सरकारको यो निर्णयसँगै अब मिटरब्याज उठाउनेलाई कारवाही गर्न कानुन नै बन्ने भएको छ । सरकारले अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।