0 COMMENTS

चैत १५, काठमाडौँ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १– ० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले गोल गर्दै नेपालको हार टारेका हुन् । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।