साउन २१, काठमाडौँ । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो । यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।