0 COMMENTS

साउन २०, मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिको भेला हेटौँडा औद्योगिक क्षेत्रको सभाकक्ष हलमा सम्पन्न भएको छ । साथै उक्त भेलाले नारायण गौतमको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

भेलामा प्रमुख अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रवि, विशेष अतिथि अ.ने.क्रा ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजकुमार मगर, अतिथि नेकपा (बहुमत) मकवानपुर संयोजक शक्ति, हेटौँडा नगर इन्चार्ज तथा अ.ने.क्रा ट्रेड युनियन महासंघ मकवानपुर इन्चार्ज मीनबहादुर गौतम, बागमती गाउँपालिका इन्चार्ज भक्त माझी, जिल्ला सदस्य आरआर सुवेदी, मनहरी गाउँपालिका संयोजक गोपि बिक लगायतको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज रविले अहिलेको अवस्थामा मजदुर आन्दोलन नाजुक हुँदै गएकोले मजदुरहरूलाई सङ्गठित भएर आफ्नो अधिकारको लागि सङ्घर्ष गर्नुपर्ने बताउँदै पूर्ण मजदुर मुक्तिका निमित्त वैज्ञानिक समाजवादी प्राप्तिको दिशामा अघि बढ्नुपर्ने बताए । त्यसैगरी विशेष अतिथि अ.ने.क्रा ट्रेड युनियन महासंघ बागमती प्रदेश इन्चार्ज राजकुमार मगरले नयाँ चयन हुने कार्य समितिलाई शुभकामना दिँदै मजदुरहरूलाई पुँजीवादी दलाल संसदीय व्यवस्थाले २१ औँ सताब्दीको दास बनाउन खोजेको उल्लेख गर्दै क्रान्तिद्वारा मात्र मजदुरमुखी राज्यव्यस्था निर्माण गर्न सकिने र नयाँ कार्य समिति यो दिशामा दृढता पूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे ।

भेलाको अध्यक्षता अ.ने.क्रा ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष नारायण गौतम र सञ्चालन अ.ने.क्रा ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष टेक पाख्रिनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।