0 COMMENTS

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) को एकता भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ भने भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ ।

भेलाले संयोजक श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित गरेको छ । भेलाले संगठनको सहसंयोजकमा दिपक पौडेल, प्रभात भट्टराईलाई चयन गरेको छ ।

पार्टीका कार्यालय सदस्य हरिभक्त कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।