0 COMMENTS

काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघ काठमाडौँ महानगरको प्रथम अधिवेशन सम्पन्न भएको छ । ‘समयसापेक्ष गुणस्तरीय शिक्षा आम अभिभावकको अपेक्षा’ भन्ने मूल नाराका साथ शनिबार रानीपोखरीस्थित दरवार हाईस्कुलमा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय अध्यक्ष कोषबहादुर जिसीले युगानुकुल शिक्षापद्धतिको व्यवस्था मिलाउनका लागि संघ, प्रदेश, तथा पालिकास्तरमा सरकारसँग हातेमालो गर्न अभिभावक संघ तयार रहेको उल्लेख गर्दै आवश्यक ऐननियम निर्माणका लागि जोड दिनुुभयो । उहाँले अभिभावक र विद्यार्थीको हित बिपरित कुनै पनि शैक्षिक निकायले काम गरेमा अभिभावक संघले सशक्त रुपमा खबरदारी गर्ने बताउँदै संघको उद्देश्य प्राप्तिका लागि संघ, प्रदेश लगायत विभिन्न स्थानमा अभिभावक संघको अधिवेशन सम्पन्न गरिएको जानकारी समेत दिनुुभयो ।

कार्यक्रममा अभिभावक संघका केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश ईन्चार्ज सुभद्रा कोइरालाले विद्यार्थी असफल हुनुमा शिक्षकको भूमिकाका बारेमा प्रश्न उठाउनुपर्ने कुरामा जोड दिनुुभयो । देशमा सरकार परिवर्तन भइरहे पनि अभिभावक परिवर्तन नहुने बताउँदै विद्यार्थीहरु बाहिर पठाएर कस्तो खालको विकास गर्न खोजिएको हो भन्ने प्रतिप्रश्न गर्नुुभयो । उहाँले शिक्षा क्षेत्र सुधारका लागि १५ बुुँदे घोषणापत्र मार्फत मागहरु अघि सारिएको बताउँदै सरकारले सुनुवाई गर्नुपर्ने कुरा बताउनुुभयो । बागमती प्रदेश अध्यक्ष नीरबहादुर कार्कीले भाषा, कला, संस्कृति आदिका बारेमा जागरुकताका खातिर शिक्षा क्षेत्रमा बिद्यमान रहेको चर्को शुल्क निर्धारण आजको प्रमुख समस्या भएकोले यसलाई सर्वसुलभ बनाउनका लागि पहल गरिनुपर्ने कुरामा जोड दिनुुभयो ।

कार्यक्रममा संघका काठमाडौँ जिल्ला अध्यक्ष रामकाजी बस्नेतले संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै आगामी दिनमा संघबाट हुनुपर्ने सार्थक भूमिकाको बारेमा बोल्नुुभयो । संघका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सहईन्चार्ज तिलकबहादुर श्रेष्ठ ‘नरेश’द्वारा सञ्चालन गरिएको कार्यक्रममा सयौं अभिभावकहरुको उपस्थिति रहेको थियो ।

उक्त अधिवेशनमा रबिनकुमार तामाङ्गको नेतृत्वमा १९ सदस्यीय महानगरीय कार्यसमिति गठन गरिएको छ । जसमा उपाध्यक्ष गणेशबहादुर संग्रौला, विमला थापा द्वितीय उपाध्यक्ष, सचिव डि. पि. पोखरेल, सह सचिव सुदीप प्रसाईं ,कोषाध्यक्ष अस्मिता परियार, सहकोषाध्यक्ष उषा गिरी र सदस्यहरु क्रमशः मण्डुवावु अधिकारी, चन्द्रकला फुयाँल, मदन बडाल,प्रभा परियार,सपना खाती,कुशु सापकोटा,नेत्रबहादुर गौतम, शिवकुमार बि.क.,नवराज गजुरेल,कुलप्रसाद गौतम,कृपा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।