0 COMMENTS

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ३ ले पार्टीका प्रदेश सदस्य तथा दोलखा जिल्लाका बरिष्ठ सचिवालय सदस्य राजन कार्कीका बुबा जितबहादुर कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका प्रदेश संयोजक अटलले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै राजन कार्की लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

विक्रम सम्बत १९८५ मा जन्मनु भएका जितबहादुर कार्कीको यही २०८१ श्रावण ९ गते साँझ दुखद् निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।