0 COMMENTS

जेठ ३, काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

पूर्वप्रधानसेनापति थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उहाँको तीन छोरा र एक छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।