0 COMMENTS

जेठ ३, नवलपरासी । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइ नगरे सशक्त आन्दोलन उठाउने चेतावनी दिएको छ । बुधबार क्रान्तिकारीले सुस्ता-१ रुपौलिया चोकमा आयोजना गरेको बिरोध कार्यक्रममा संगठनले उक्त चेतावनी दिएको हो ।

६० औं बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा कार्यक्रम बिथोल्ने कुत्सित मानसिकताले राई लाई गिरफ्तार गरेर कथित अभद्र ब्यवहारको मुद्दा चलाउनु हास्यास्पद रहेको संगठनले जनाएको छ । बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले राजनैतिक शैक्षिक आन्दोलनमा बिद्यार्थीहरु निभाएको भूमिकाको चर्चा गर्दै हरेक आन्दोलनमा विद्यार्थीहरु अग्रमोर्चामा रहेको स्मरण गर्नु भयो ।

उहाँले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राई लाई तत्काल रिहाई नगरे सम्म कडा प्रतिबादमा उत्रिने चेतावनी दिनुभयो । क्रान्तिकारीले जेठ ६ गते शैक्षिक हडताल सहितको आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।