0 COMMENTS
जेठ २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यही जेठ १० गतेसम्म प्रदेशस्तरमा एकता अधिवेशन सक्ने निर्णय गरेको छ । पार्टीको हालै सम्पन्न कार्यालयको बैठकले उक्त निर्णय गरेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 
प्राप्त जानकारी अनुसार जेठको १० गतेसम्म प्रदेशहरुमा एकता अधिवेशन गरिसक्ने र त्यसपछि जेठ मसान्तसम्म सम्पूर्ण जवस मोर्चा र जिल्ला पार्टी एकता सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।  पार्टीका केन्द्रीय कार्यालय सचिव बसन्तले दिएको जानकारी अनुसार प्रदेश १ को एकता अधिवेशन जेठ ९ र १० मा राखिएको छ भने प्रदेश २ को एकता अधिवेशन जेठ ७ र ८ गतेका लागि राखिएको छ ।  त्यसैगरी प्रदेश ३ को एकता अधिवेशन जेठ ५ र ६ गतेका लागि राखिएको छ भने प्रदेश ४ को एकता अधिवेशन ६ र ७ गतेका लागि राखिएको छ । त्यसैगरी प्रदेश ५ को एकता अधिवेशन जेठ ९ र १० गतेका लागि राखिएको छ । प्रदेश ६ को एकता अधिवेशन जेठ ७ र ८ गतेका लागि तोकिएको छ । त्यसैगरी प्रदेश ७ को एकता अधिवेशन जेठ ९ र १० मा राखिएको छ । 
प्रदेशहरुका एकता अधिवेशन सम्पन्न गर्नका कुन प्रदेशमा को को जाने भन्ने पनि कार्यालयले निधो गरेको छ । प्राप्त जानकारी अनुसार प्रदेश १ को एकता अधिवेशनमा कार्यालय सदस्य तथा पार्टीका सहसंयोजक कञ्चनको नेतृत्वमा सुदर्शन, सागर, निर्मल र दर्मणको टोली सहभागी हुनेछ भने प्रदेश २ र ३ मा पनि यही टोलीले एकता अधिवेशन सम्पन्न गराउने छ । त्यसैगरी प्रदेश ४ र ५ मा कार्यालय सदस्य राजवीरको नेतृत्वमा प्रतिक, प्रवाह र कुमुद रहेको टोलीले प्रदेश ४ र ५ को एकता अधिवशेन सम्पन्न गर्नेछ । त्यसैगरी कार्यालय सदस्य असिमको नेतृत्वमा प्रमोद, दिपक, प्रविर र प्रतिविम्ब रहेको टोलीले प्रदेश नं ६ र ७ को एकता अधिवेशन सम्पन्न गर्नेछ । 
२०८१ वैशाख १८ तदनुसार ३० अप्रिल २०२४ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) को एकता अधिवेशन र प्रथम बैठक वरिष्ठ नेता गौरवको अध्यक्षतामा सम्पन्न भएको थियो । संयुक्त एकता महाधिवेशनमा पार्टी एकता संयोजन समितिले तयार पारेको राजनीतिक प्रस्ताव कार्यालय सदस्य प्रतीकद्वारा प्रस्तुत गरिएको थियो । साथै त्यसै क्रममा पार्टी विधान कार्यालय सदस्इ प्रवाहद्वारा प्रस्तुत गरिएको थियो । एकता अधिवेशनबाट सहमतीय आधारमा निर्मित राजनीतिक प्रस्ताव तथा विधान पारित गरिएको थियो ।
संयुक्त एकता अधिवेशनको अध्यक्षता गर्नुभएका वरिष्ठ नेता गौरवले पूर्व दुवै पार्टीका केन्द्रीय समितिहरूको विघटन गर्दै नयाँ एकता महाधिवेशन आयोजक समिति अर्थात् केन्द्रीय समिति, सचिवालय तथा केन्द्रीय कार्यालयको सिट संख्या तथा नामावलीका साथै केन्द्रीय सल्लाहकार समिति सम्बन्धी प्रस्ताव प्रस्तुत तथा घोषणा गर्नुभएको थियो । उक्त एकता अधिवेशनले मोहन वैद्य किरणलाई संयोजक, धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपालीलाई सहसंयोजकमा चयन गरेको थियो । त्यसैगरी अधिवेशनले ३१७ जनाको महाधिवेशन आयोजक समिति, १०४ जनाको सचिवालय र २५ जनाको कार्यालय सदस्य रहने सांगठानिक संरचना पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।