0 COMMENTS

जेठ १, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को आयोजनामा ६० औं विद्यार्थी एकता दिवस भव्य रुपमा मनाइएको छ । रत्नपार्क शान्तिबाटिकाबाट निकालिएको अखिल (क्रान्तिकारी) को र्याली कमलादीस्थित प्रज्ञाभवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । उहाँले विद्यार्थी एकता दिवसको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै भावी राजनीतिक क्रान्तिमा विद्यार्थी आन्दोलनको भूमिका महत्वमाथि विशेष चर्चा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल र अखिल र्छैठौं कि नेतृ प्रतिभा शर्माले पनि विद्यार्थी आन्दोलनको ऐतिहासिक गौरवशाली विगतको चर्चा गर्दै विध्यार्थी आन्दोलनको अगामी दिशाको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको बिच बिचमा सामना साँस्कृतिक परिवार, रक्तिम परिवारका कलाकारहरुले क्रान्तिकारी गीत प्रस्तुत गर्नुभएको थियो । अखिल (क्रान्तिकारी)का सहसंयोजक पेशल दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संगठनकी सहसंयोजक रुपा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य अर्का सहसंयोजक विरेन्द्र शाहले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु अटल, दिपक, आजाद, गुणराज, निर्मल, कृष्णराज पौडेल, चिन्तामणि पौडेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, स्वास्थ्यकर्मी संगठनकी संयोजक इन्दिरा अधिकारी, क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्ट, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, क्रान्तिकारी पत्रकार संगठनका संयोजक कमल बुढा, रक्तिम परिवारका संयोजक नारायण शर्मा लगायतका नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।