0 COMMENTS

ललितपुुर  । पशु सेवा कार्यालय,ललितपुुरको आयोजनामा GREEN TO WHITE MODEL   अन्तर्गत कृषक, कर्मचारी, पत्रकारहरुको अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
गत वैशाख २७ गतेदेखि जेष्ठ १ गतेसम्म चलेको सो अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रममा कृषक, कर्मचारी, पत्रकारहरु गरी जम्मा २३ जनाको सहभागिता थियो । भ्रमण कार्यक्रममा लतिलपुरको महाङ्काल गाउँपालिका, महालक्ष्मी नगरपालिकाका अगुवा कृषकहरुको सहभागिता थियो ।


भ्रमण कार्यक्रममा मुुस्ताङ, म्याग्दी, बागलुुङ, पर्वत, कास्की, तनहुुँ, गोरखा, चितवन लगायतका जिल्लाहरुका विभिन्न कृषि तथा पशुु फार्म र धार्मिक पर्यटकीय स्थलहरुको अध्ययन तथा अवलोकन गरिएको थियो ।
भ्रमणको क्रममा गोरखा, पालुुङटार नगरपालीका वडा नं. ७ च्याङ्लीमा रहेको ‘‘कामद्येनु गाई पालन केन्द्र’’को अध्ययन तथा अवलोकन गरिएको थियो । ४ सय रोपनी क्षेत्रफलमा फैलिएको सो गाई पालन केन्द्रमा ३ सय ६० गाई, बाच्छा,बाच्छी रहेकोमा हाल १ सय ५० वटा गाईहरुले दुध दिने र १५ वटा गाईहरु ब्याउने रहेको सो गाई फार्मका संचालक राजेन्द्रराज पन्तले बताउनुु भयो । गाईपालनको क्षेत्रमा देशलाई ठूूलो योगदान गरेकाले ७१ वर्षीय पन्तले राष्ट्रपतिबाट सर्वोत्कृष्ट सम्मान पाउनु भएको थियो । सो गाई पालन केन्द्रमा होलस्टीन र जर्सी गरी दुुई थरीका गाईहरु छन् ।


त्यस्तै भ्रमणको क्रममा कृषक, कर्मचारी तथा पत्रकारको टोलीले चितवन खैरहनी नगरपालिका ३ मा रहेको ‘अल्फा मल्टिपर्पोज प्रा.लि.’को पनि अध्ययन तथा अवलोकन गरेको थियो । ६ कट्ठा क्षेत्रफलमा फैलिएको प्रा.लि.मा दैनिक सरदर १५ टर्न साइलेज उत्पादन गरिने संचालक संजय नेपालले बताउनुु भयो ।

टोलीले राष्ट्रिय पशुु प्रजनन कार्यालय पोखरा, कास्कीको अध्ययन अवलोकन गरेको थियो । त्यस्तै टोलीले मुुस्ताङमा रहेको भेडाबाख्रा फार्म को पनि अध्ययन अवलोकन गरेको थियो । सो फार्ममा ६ सय भेडाबाख्रा रहेको फार्मका संचालक नन्दबहादुर भण्डारीले बताउनु भयो । स्थायी घर म्याग्दी रगुुगंगा गाउँपालिका २ साँझापानीका ६६ वर्षिय भण्डारीले विगत ५४ वर्षदेखि यो पेशा गर्दै आएको उहाँले बताउनुु भयो । भेडाबाख्रालाई ६ महिना मुस्ताङ र ६ महिना म्याग्दी राखेर पाल्ने गरेको संचालक भण्डारीले बताउनुु भयो ।


त्यस्तै टोलीले धार्मिक तथा पर्यटकीय स्थलहरुको पनि अध्ययन तथा अवलोकन गरेको छ । टोलीले मुस्ताङको मुक्तिनाथ तथा कागवेनी दर्शन, म्याग्दीको विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम तथा म्याग्दीकै प्राकृतिक तातोपानी कुुण्ड र बागलुुङको कालिका भगवती मन्दिर, बागलुुङकै श्री श्रीधराचार्य शालग्राम संग्रहालय, पोखरा विन्द्यवासिनी मन्दिरको दर्शन साथै पोखरा – घान्द्रुक लगायतका स्थलहरुको अध्ययन तथा अवलोकन गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।