0 COMMENTS

जेठ १, काठमाडौँ । सहकारी गठीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको समाचार प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । राहदानी विभागले भने उक्त विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

जीबी राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।