0 COMMENTS

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईलाई बिना कारण गिरफ्तार गरेकोप्रति घोर निन्दा र तीव्र भत्र्सना गर्दै बिना सर्त र अविलम्ब रिहाइ गर्न माग गरेको छ ।

पार्टी संयोजक मोहन वैद्य ‘किरण’ ले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत हिजो राति ८ः४५ बजे रानीबनस्थित आफ्नै पसलबाट बिना कारण र बिना पुर्जी गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु सरकारको फासीवादीकरणको अभिव्यक्ति र लोकतन्त्रको गम्भीर उपहास भएको बताएका छन् । साथै उनले सरकारको यस प्रकारको फासीवादी कदमको घोर निन्दा र तीव्र भत्र्सना गर्दै बिना सर्त र अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार मागसमेत गरेका छन् ।

संयोजक मोहन वैद्य ‘किरण’ ले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘युवा विद्यार्थी नेता तथा अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईलाई हिजो राति ८ः४५ बजे रानीबन स्थित आफ्नै पसलबाट बिना कारण गिरफ्तार गरी बालाजु प्रहरी चौकीमा राखेको छ । बिना कारण र बिना पुर्जी गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु सरकारको फासीवादीकरणको अभिव्यक्ति र लोकतन्त्रको गम्भीर उपहास हो । हाम्रो पार्टी नेपाल सरकारको यस प्रकारको फासीवादी कदमको घोर निन्दा र तीव्र भत्र्सना गर्दै उहाँलाई बिना सर्त र अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।