0 COMMENTS

वैशाख २८, काठमाडौँ । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । मदिरा घोटाला मुद्दामा गिरफ्तार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई १ जुनसम्मका लागि भारतको सर्वोच्च अदालतले जमानतमा रिहा गर्न दिएको हो ।

करिब ५ मिनेटभन्दा कम समयमा सर्वोच्चले फैसला सुनाएको भारतीय मिडियाले लेखेका छन् । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ । दिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप) का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।