0 COMMENTS

वैशाख २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । बजेट अधिवेशनको पहिलो दिनमा नै कांग्रेसले नाराबाजी गर्दै संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले यसअघिको मागलाई नछोड्ने भन्दै संसद बैठक अवरूद्ध गरेको हो ।

बैठक सुरु हुने बितिक्कै कांग्रेस सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका थिए ।त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । संसद्‌मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।