0 COMMENTS

वैशाख २८, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘राष्ट्रिय जनगणना २०७८ जनसाङ्ख्यिक सूचक’ अनुसार जनसाङ्ख्यिक सूचकमा रेडियो, टेलिभिजन, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्युटर–ल्यापटप, इन्टरनेट, कार–जिप–भ्यान, मोटरसाइकल–स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजेरेटर, वासिङमेसिन र एयर कन्डिसनरमध्ये कम्तीमा एक सुविधा ९६.१२ प्रतिशत नेपाली परिवारसँग रहेको उल्लेख गरिएको छ ।

रेडियोको सुविधा नेपालका ३४.२३ प्रतिशत परिवारसँग रहेको जनसाङ्ख्यिक सूचकमा देखाइएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी रेडियो सुविधा कर्णाली प्रदेशका ४२.६० प्रतिशत परिवारसँग रहेको छ । सबैभन्दा कम रेडियो सुविधा भएका परिवार मधेस प्रदेशमा छन् । मधेस प्रदेशका २२.१८ प्रतिशतसँग मात्र रेडियो सुविधा रहेको छ । जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ३७.२० प्रतिशत, बामगती प्रदेशका ३४.३६ प्रतिशत, गण्डकी प्रदेशका ३६.६८ प्रतिशत, लुम्बिनी प्रदेशका ३३.७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ४२.६० प्रतिशत परिवारसँग रेडियो सुविधा रहेको छ ।

त्यसैगरी नेपालका ४९.४१ प्रतिशत परिवारसँग टेलिभिजनको सुविधा रहेको जनसाङ्ख्यिक सूचकले देखाउँछ । प्रदेशगत हेर्दा सबैभन्दा टेलिभिजन सुविधा हुने परिवार बागमती प्रदेशमा रहेका छन् बागमती प्रदेशका ६१.९९ प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ । सबैभन्दा कम टेलिभिजन सुविधा हुने परिवार कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशका १७.६४ प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ । यस्तै, जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ५४.५५ प्रतिशत, मधेस प्रदेशका ४३.६२ प्रतिशत, गण्डकी प्रदेशका ५९.६३ प्रतिशत, लुम्बिनी प्रदेशका ४६.९६ प्रतशत र सुदूरपश्चिम प्रदेशका २९.५० प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ ।

स्रोतका अनुसार नेपालका ७३.२१ प्रतिशत परिवारसँग साधारण मोबाइल फोन रहेको जनसाङ्ख्यिक सूचकमा देखाइएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी साधारण मोबाइल फोन भएका परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ८२.२३ प्रतिशत परिवारसँग साधारण मोबाइल फोन छ । यस्तै, साधारण मोबाइल फोन सबैभन्दा कम भएको परिवारको संख्या बागमती प्रदेशमा छ । बागमतीका ६८.१६ प्रतिशत परिवारसँग मात्र साधारण मोबाइल फोन छ ।

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ७२.५७ प्रतिशत, मधेस प्रदेशका ७४.७८ प्रतिशत, गण्डकी प्रदेशका ७१.१२ प्रतिशत, लुम्बिनी प्रदेशका ७४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७९.०८ प्रतिशत परिवारसँग साधारण मोबाइल रहेको छ । त्यसैगरी जनसाङ्ख्यिक सूचकले नेपालका ७३.०१ प्रतिशत परिवारसँग स्मार्ट फोन रहेको देखाएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी स्मार्ट मोबाइल फोन बोक्ने परिवार बागमती प्रदेशमा छन् । बागमतीका ८०.०२ प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन सुविधा छ ।

स्मार्ट मोबाइल फोन बोक्ने सबैभन्दा कम परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ५८.४० प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन छ । यस्तै, कोशी प्रदेशका ७४.२२ प्रतिशत, मधेस प्रदेशका ६६.८५ प्रतिशत, गण्डकी प्रदेशका ७७.७९ प्रतिशत, लुम्बिनी प्रदेशका ७५.४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ६२.६६ प्रतिशत परिवारसँग स्माटे मोबाइल फोन सुविधा रहेको छ ।

जनसाङ्ख्यिक सूचकअनुसार नेपालका ९३.२२ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन रहेको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी साधारण वा स्मार्ट मोबाइल फोन सुविधा भएका परिवार गण्डकी प्रदेशमा छन् । गण्डकीका ९५.४१ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा रहेको छ । सबैभन्दा कम साधारण वा स्मार्ट मोबाइल फोन सुविधा हुने परिवार कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशका ८९.९२ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा छ ।

कोशी प्रदेशका ९३.५१ प्रतिशत, मधेश प्रदेशका ९०.८५ प्रतिशत, बागमती प्रदेशका ९५.०५ प्रतिशत, लुम्बिनी प्रदेशका ९३.५० प्रतिशत र सुदूरपश्चिम प्रदेशका ९१.३४ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।