0 COMMENTS

वैशाख २६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जमिन घोटला तथा अवैध लिज प्रकरणबारे प्रमुख जिल्ला अधिकारी कञ्चनपुरमार्फत गृह मन्त्रालय, सिंह दरवार काठमाडौँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार जिल्ला संयोजक सितलले ठुलाठुला अतिक्रमणकारीहरुको सम्पत्ति सरकारको स्वामित्वमा ल्याउने गरी तत्काल उक्त अवैध संरचना भत्काउने कार्य अगाडि बढाउन जिल्ला प्रशासन प्रमुख समक्ष जोडदार माग गरेका छन् । साथै उनले ध्यानाकर्षण पत्रमार्फत जानकारी गराउँदै सार्वजनिक सम्पत्तिको रक्षाका लागि सम्पूर्ण न्यायप्रेमी तथा देशभक्त कञ्चनपुरवासी जनसमुदायलाई हार्दिक आह्वान् समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।