0 COMMENTS

वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकले आउँदो वैशाख २८ गतेबाट सुरु हुने सदनको बजेट अधिवेशनमा लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई सोमबार पत्र पठाएका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बुधबार बसेको बैठकमा सहभागी एक पदाधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आफ्नो कुरा राख्न दिने पक्षमा कांग्रेस पुगेको हो । 

कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो । तर, गृहमन्त्री लामिछानेले संसदमा बोलेपनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने कांग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।