0 COMMENTS

वैशाख, २५, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन् । खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभ्यासमा आणविक हतियारहरू पनि समावेश हुने र हतियारहरूसँग कसरी तयारी गर्न सकिन्छ र तिनीहरू केका लागि प्रयोग गर्न सकिन्छ भनेर तयारी अवस्थामा रहन निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ । युक्रेनसँग युद्ध सुरु भएदेखि नै पुटिनले आणविक हतियारलाई लिएर पटक पटक अन्तर्राष्ट्रिय जगतलाई धम्क्याउँदै आएका छन् । पछिल्लो समय फेब्रुअरीमा पनि उनले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए ।

रुसी सेनालाई युक्रेनबाहेक पश्चिमा देशबाट पनि खतरा रहेको भन्दै पुटिनले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएको रुपमा विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाले पछिल्लो पटक लामो दूरीमा मार हान्ने शक्तिशाली हतियार युक्रेन पठाएपछि पुटिनले त्यसको कडारुपमा जवाफ दिने तयारी गरेको रुसी सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।